संखुवासभा प्रदेश ‘क’ मा राजेन्द्र कार्कीकाे अग्रता कायमै, हेर्नुहाेस मतान्तर



खाँदबारी । संखुवासभाकाे प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उमेद्वार राजेन्द्र कार्कीले अग्रता कायम राखेका छन् । १४ हजार ३ सय ५ मत गणना गर्दा कार्कीले ६ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् ।

उनका निकट्तम् प्रतिद्वन्दि नेकपा एमालेका उमेद्वार भविश्वर गुरुङले ५ हजार ४ सय ४० मत प्राप्त गरेका छन् । कार्की गुरुङ भन्दा १ हजार ४ सय ३५ मतले अगाडि छन् ।

जनता समाजवादी पार्टीका सिताराम तिम्सिनाले ४९६ मत प्राप्त गर्दा स्वतन्त्र उमेद्वार बिरेन्द्र राईले ५ सय १८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार