दुधकाेशी सामुदायिक अस्पतालमा थपियाे दन्त सेवा, पालिका अध्यक्ष राईद्वारा उद्घाटन



साेलुखुम्बु । साेलुखुम्बुकाे थुलुङ दुधकाेशी गाउँपालिका ६ मुक्लिमा रहेकाे दुधकाेशी सामुदायिक अस्पतालमा दन्त सेवा सुरु गरिएकाे छ । दैनिक चिकित्सकबाट सेवा दिईदै आएकाे सामुदायिक अस्पतालमा पालिका अध्यक्ष असिम राईले विहिबार दन्त सेवाकाे उद्घाटन गर्नुभएकाे हाे ।

दुधकाेशी अस्पतालबाट नै सेवा सञ्चालनकाे लागि गाउँपालिकाले दन्त चिकित्सककाे ब्यवस्था गरेकाे थुलङ दुधकाेशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन रेम्निसिङले जानकारी दिनुभयाे । उद्घाटनकै दिनबाट दाँतका समस्या भएका विरामीहरुलाई सेवा दिन थालिएकाे समेत रेम्निसिङले जानकारी दिनुभयाे ।

दुधकाेशी सामुदायिक अस्पतालमा चिकित्सकबाट दैनिक स्वास्थ्य सेवा दिईदै आएकाे छ । एक्स-रे, भिडियाे एक्स-रे, ल्याब सेवा, आँखा उपचार लगायतकाे सेवाहरु प्रवाह गरिदै आएकाे छ । हाल १५ शैयाकाे याे अस्पताल २५ शैयामा स्तरबृद्धि गर्ने प्रकृयामा रहेकाे गाउँपालिकाले जनाएकाे छ ।

याे अस्पतालमा थुलुङ दुधकाेशी बाहेक नजिकका छिमेकी पालिकाहरुबाट समेत सेवा लिने गरेका छन् ।

 

 

सम्बन्धित समाचार