विविध कार्यक्रमकाे आयाेजना गरि अन्तराष्ट्रिय नारी दिवस मनाउँदै चिचिला गाउँपालिका



अन्तर आमा समुह स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सञ्चालन हुँदै ।

चिचिला । चिचिला गाउँपालिकाले विविध कार्यक्रमकाे आयाेजना गरि ११३ औं अन्तराष्ट्रिय नारी दिवस मनाउन सुरु गरेकाे छ । फागुन २३ मा कार्यक्रमकाे उद्घाटन गरि दिवसकाे दिन (मार्च ८) मा कार्यक्रम समापन गर्न लागेकाे हाे ।

कार्यक्रमकाे उद्घाटन चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा र उपाध्यक्ष मनकला राईले गर्नुभएकाे छ । यस बर्ष चिचिला गाउँपालिकाले १३ विधाका मनाेरञ्जनात्मक खेलहरु समावेश गरेकाे छ । यस पटक अन्तर आमा समुह स्तरीय बक्तृत्वकला प्रतियाेगिता, हाजिरी जवाफ प्रतियाेगिता, नृत्य प्रतियाेगिता, माला गाँस्ने प्रतियाेगिता, हाँडि फुटाई, गुच्चा दाैड, म्युजिकल चेयर, डाेरी तान्ने प्रतियाेगिता राखिएकाे छ । त्यस्तै बेलुन फुटाउने, श्रीमान बाेकेर दाैडिने, भलिबल प्रतियाेगिता र महिला उद्यमीद्वारा उत्पादित सामग्रीहरुकाे प्रदर्शनी प्रतियाेगिता राखिएकाे छ ।

आमा दिदीबहिनीहरुकाे मनाेरञ्जनकाे लागि विभिन्न खेलकुद कार्यक्रमकाे आयाेजना गरिएकाे गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयाे । यस्ताे कार्यक्रमले अधिकांश समय घरकै काममा ब्यस्त हुने आमा दिदीवहिनीहरुलाई पुनर्ताजगी हुने अध्यक्ष शेर्पाले दावी गर्नुभयाे ।

खेलकुद् कार्यक्रमकाे संयाेजन चिचिला गाउँ खेलकुद विकास समितिले गरेकाे छ । कार्यक्रम चिचिला गाउँपालिका परिसरमा आयाेजना गरिएकाे हाे ।

सम्बन्धित समाचार