नेपाल शिक्षक संघकाे संखुवासभा अधिवेशसन सम्पन्न, अध्यक्षमा चुनिए बीरबहादुर लिम्बु



खाँदबारी । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघकाे सङ्खुवासभा जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । चैनपुरकाे दिलकुमारी स्मृति सभाहलमा सनिबार उद्घाटन गरिएकाे अधिवेशन आईतबार सम्पन्न भएकाे हाे ।

अधिवेशनले बीरबहादुर लिम्बुकाे अध्यक्षतामा १७ सदसीय कार्य समिति गठन गरेकाे छ । समितिकाे उपाध्यक्षमा खगेश्वर घिमिरे र रिता त्रिताल चयन भएका छन् । सचिव पदमा सन्ताेष श्रेष्ठ चयन भएका छन् भने अर्थ सचिवमा ईन्द्रबहादुर तिवारी चयन भएका छन् । सहसचिवहरुमा कुमारी राई, पुष्पलता लिम्बु, विष्णुदेव पन्त, सराेजकुमार श्रेष्ठ र ईन्द्रबहादुर राई चयन भएका छन् ।

सदस्यहरुमा विमला दाहाल, काेपिला काफ्ले, भिमकुमारी गुरुङ, मनाेज गाैतम, डिल्लिबहादुर राई, वाङ्दाक भाेटे र राजन बस्नेत चयन गरेका छन् ।

अधिवेशनले पाँच सदसीय केन्द्रीय तथा छ सदसीय प्रदेश प्रतिनिधिहरु चयन गरेकाे छ । प्रदेश प्रतिनिधिहरुमा गणेश बुढाथाेकी, नुदन प्रसाद राई, अर्जुन कुमार बस्नेत, माेहनकुमार खत्री, दुर्गा घिमिरे र हिमाली कालाखेती रहेका छन् ।

केन्द्रीय प्रतिनिधिहरुमा खिलराज कार्की, दिब्यराज अधिकारी, ज्ञानबहादुर चर्मकार, विमा कर्मचार्य पाण्डे र फुर्बा ओङ्मु शेर्पा रहेका छन् । यस समितिकाे कार्यअवधि ४ बर्षकाे रहनेछ ।

सम्बन्धित समाचार