स्ववियु निर्वाचनः बरुण बहुमुखी क्याम्पसमा नेवि संघका जनक राई विजयी



संखुवासभा। जिल्लाको सदरमुकाम खाँदबारीस्थित रहेको बरुण बहुमुखी क्याम्पसमा नेवि संघका जनक राई विजयी भएका छन् ।

आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यालन विजयी भएको हो । गयराति गणना सम्पन्नसंगै निर्वाचितहरुको घोषणा गरिएको थियो ।

अनेरास्ववियुका प्रत्यासी उम्मेद्वार विवस खत्रीलाई ३० मतले पछि पार्दै विजयी भएका हुन् । खत्रीले १६६ मत प्राप्त गर्दा राईले १९६ मत प्राप्त गरेका थिए । ५१६ जना मतदाता रहेको बरुण क्याम्पसमा ३६४ मत खसेकोमा ५ मत बदर भएको थियो ।

त्यस्तै सचिवमा गठबन्धन प्यानलकै सुभास राई विजयी भए । अनेरास्ववियुका लोकेन्द्र कुलुङले १७६ मत प्राप्त गर्दा सुभासले १८० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा भारी मतान्तरले नेविसंघका जयन्ती तामाङ विजयी भएकी छन् । ६६ मतान्तरले अनेरास्ववियुका सन्ध्या विश्वकर्मालाई हराए । विश्वकर्माले १३८ मत प्राप्त गर्दा विजयी तामाङले २०४ मत पाए ।

सदस्यहरुमा अनेरास्ववियुका इश्वर घिमिरे र स्मृति राई विजयी भए भने अन्य सबै नेविसंघ र अखिल क्रान्तीकारी संयुक्त प्यानलले विजयी प्राप्त गरे । गठबन्धनका निशान खत्री, समिर कार्की, निशा पुरी, सपना राना मगर र जानुका विश्वकर्मा विजयी भएका छन् ।

सम्बन्धित समाचार