चैत्र १२ देखि सिलिचाेङमा निशुल्क आँखा शिवर सञ्चालन हुँदै



ताम्कु । सिलिचोङ गाउँपालिकामा यहि चैत्र १२ गतेखि आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभा र गाउँपालिकाको साझेदारीमा मोतियाविन्दुका छनौट शिविर सञ्चालन हुन लागेको हो ।

सिलचोङ गाउँपालिकाको सबै वडामा १७ गतेसम्म मोतिया विन्दु छनौट शिविर सञ्चालन हुनेछ । मोतियाविन्दु भएकाहरुको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा चैत्र २२ र २३ मा शलयकृया गर्ने गरि शिविर सञ्चालन हुने सिलिचोङ आँखा उपचार केन्द्र प्रमुख सृजना राईले जानकारी दिनुभयो ।

चैत्र १२ गते याफु सामुदायिक स्वास्थ्य केन्द्र, १४ गते सिसुवाखोला स्वास्थ्य चौकी बखल्टुम, १५ गते बाला स्वास्थ्य चौकी, १६ गते ताम्कु प्राथमिक स्वास्थ्य केन्द्र र १७ गते मांतेवा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । शिविरबाट छनौट भएका मोतियाविन्दुका विरामीलाई निःशुल्क शल्यकृया गरिनेछ ।

शिविर सञ्चालनका लागि सेवा फाउण्डेशनले सहयोग गरेको छ ।

सम्बन्धित समाचार