चिचिलाकाे कृषि बजार लगाउने दिन फेरियाे, हरेक महिनाकाे १ र १५ गते हाट लाग्ने



खाँदबारी । चिचिला गाउँपालिकामा भर्खरै लगाउन सुरु गरिएकाे कृषी बजार लाग्ने दिन संशाेधन गरिएकाे छ । चिचिला गाउँपालिका ४ काे खालिङ गाउँमा लगाईने हाट अब रहेक महिनाकाे १ र १५ गते लगाउने गाउँपालिकाले निर्णय गरेकाे हाे ।

यस अघि महिनाकाे पहिलाे साताकाे साेमबार र तेश्राे साताकाे साेमबार लगाउने निर्णय गरिएकाे थियाे । उक्त बजार लगाउने दिन हरेक पटक फरक दिन (गते) पर्ने भएकाेले सम्झन असहज पछि स्थानीयकै माग अनुसार निश्चित दिन ताेकिएकाे वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे । गाउँघरमा दिनबारकाे कमै वास्ता हुने भएकाेले बजार लाग्ने दिन ठम्याउन असहज भएकाेले निश्चित दिन ताेक्नु परेकाे उहाँले बताउनुभयाे ।

चिचिला गाउँपालिकाले स्थानीय उत्पादनलाई विक्रि गरि आय आर्जन गर्ने उद्देश्यले कृषी बजारकाे अवधारणा ल्याएकाे हाे । यस बजारमा विक्रि नभएकाे कृषी उपज यहाँकाे स्थानीय सहकारीले संकलन गरेर अर्काे बजारमा विक्रि गर्न लैजाने ब्यवस्था गरिएकाे छ । साे काे लागि गाउँपालिकाले ढुवानी अनुदान दिने कार्यक्रम राखेकाे छ ।

सम्बन्धित समाचार