सिलिचाेङ गाउँपालिकामा शुक्रबार सार्वजनिक विदा



खाँदबारी । सलिचाेङ गाउँपालिकाले चैत्र १७ गते शुक्रबार स्थानीय विदा दिएकाे छ । सिसुवाटार बुधबारेमा लाग्ने फिर्के मेलाकाे अवसरमा पालिकाले सार्वजनिक विदा दिएकाे हाे ।

यस मेलाकाे अवसरमा विगत बर्षदेखि नै गाउँपालिकाले विदा दिदै आएकाे छ । विदाकाे दिन पुर्व निर्धारित कार्यक्रमहरु बाहेक सरकारी कार्यालयहरु बन्द हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुलुङले जानकारी दिनुभयाे ।

उक्त दिन परिक्षा, स्वास्थ्य शिविर लगायतका पुर्व निर्धारित कार्यक्रमहरु नराेकिने उहाँले स्पष्ट पार्नुभयाे ।

 

सम्बन्धित समाचार