भोटखोलाको जग्गा बर्गिकरण सकियो, कित्ताकाटको बाटो खुल्यो



खाँदबारी । भोटखोला गाउँपालिकाको जग्गा बर्गिकरण सकिएको छ । जग्गाको बर्गिकरण सकिएसँगै कित्ताकाट खुलेको छ ।

गाउँपालिकाले जग्गाको बर्गिकरण स्थानीय राजपत्रमा प्रकाशन गरेसँगै कित्ताकाट खुलेको हो । गाउँपालिकाले २ महिना लगाएर जग्गाको बर्गिकरणको काम सम्पन्न गरेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । गाउँपालिकाले विज्ञ परामर्शदाता छनौट गरेर प्रत्येक टोलमा पुगेर जग्गाको बिवरण संकलन गरेको थियो ।

परामर्शदाताबाट प्राप्त प्रतिवेदन गाउँ कार्यपालिकाले स्वीकृत गरि बैशाख २५ गते स्थानीय राजपत्रमा प्रकाशन गरिएको थियो । उक्त बिवरण जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पेश गरिसकिएको अध्यक्ष भोटेले जानकारी दिनुभयो ।

यो कार्य सम्पन्न भएसँगै पालिका भित्रको जग्गा जमिनको कित्ताकाट गर्ने बाटो खुलेको उहाले बताउनुभयो ।

सम्बन्धित समाचार