आफ्नै घर बनेपछि चिचिला ४ का पवित्रा दङ्ग, फुलमायाकाे धमाधम बन्दै



खाँदबारी । केहि दिन अघिसम्म नै छिमेकी र आफन्तकाे घरमा आश्रय लिएर बसेका चिचिला गाउँपालिका ४ मत्सेका पवित्रा गुरुङकाे घर भर्खरै निर्माण सम्पन्न भएकाे छ । अर्काकाे घरकाे भर पर्नु परेकाे पवित्रा आफ्नै घरमा बस्न पाउँदा दङ्ग हुनुहुन्छ ।

आफ्नै घर बनाउन चाहेर पनि बनाउन नसकेका उनका श्रीमान विनेश गुरुङ पनि यत्ति बेला राहतकाे सास फेर्न थाल्नुभएकाे छ ।

पवित्रा गुरुङलाई घरकाे चावि हस्तान्तरण गर्दै जनप्रतिनिधीहरु ।

चिचिला गाउँपालिका वडा नम्बर ४ ले चालु आर्थिक बर्षमा गरिव परिवार आवास कार्यक्रम ल्याएर लागत साझेदारीमा घर निर्माण गर्ने कार्यक्रम राखेपछि गुरुङ दम्पत्तिकाे घर बनाउने सपना पुरा भएकाे हाे । प्रत्येक बर्ष वडा नम्बर ४ का दुई परिवारकाे घर निर्माण गर्ने गरि कार्यक्रम वडाले ल्याएपछि यस बर्ष मत्स्य गाउँमा गुरुङले घर बनाएकाे हाे ।

उक्त घर निर्माण सम्पन्न भई चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई लगायतकाे उपस्थितिमा मंगलबार वडाअध्यक्ष बालकुमार तामाङ लगायतले घरकाे चावी हस्तान्तरण गरेका छन् ।

चिचिला गाउँपालिका ४ काे भिङ्गुमा गाउँमा पनि एक घर निर्माण हुने क्रममा छ । लामाे समयदेखि छाप्राेमा बस्दै आएका एकल तथा बृद्ध महिला फुलमाया राईकाे घर निर्माण भईरहेकाे हाे । राईकाे घर निर्माणकाे लागि वडा नम्बर ४ का सवै टाेलहरुले पालैपालाे श्रमदान गर्दै आएका छन् ।

एक तले ढुङ्गाकाे गाराे र जस्ताले छाउने गरि घर निर्माणकाे लागि वडाका जनप्रतिनिधीहरु पनि श्रमदानमा खट्दै आएका छन् । किन्नै पर्ने बाहेकका अन्य कामकाे लागि गाउँलेहरुबाट श्रमदान जुटाएर घर निर्माण भईरहेकाे वडा सदस्य राजधन गुरुङले जानकारी दिनुभयाे ।

चिचिला गाउँपालिका वडा नम्बर ४ ले जनप्रतिनिधीकाे रुपमा निर्वाचित भएकाे पहिलाे बर्षबाट नै गरिव परिवार आवास कार्यक्रम सुरु गरेकाे हाे । याे कार्यक्रम मार्फत प्रत्येक बर्ष वडा नम्बर ४ मा २ घर बनाईने वडा अध्यक्ष बालकुमार तामाङले बताउनुभयाे ।

आफ्नाे ५ बर्षे कार्यकालमा १० वटा गरिव परिवारकाे घर बन्ने अध्यक्ष तामाङले जानकारी दिनुभयाे । घर निर्माणकाे लागि अति विपन्न भई आफैले आफ्नाे घर निर्माण गर्न नसक्ने १ परिवार प्रत्येक टाेलले सिफारिस गर्ने र टाेलबाट सिफारिस भई आएकाे मध्ये टाेल संयाेजकहरुकाे भेलाले २ जना छनाैट गरि लाभग्राहि छनाैट गरिने अध्यक्ष तामाङले जानकारी दिनभयाे ।

साेहि अनुसार यस बर्ष मत्स्येपाेखरी टाेलका विनेश गुरुङ र भिङ्गुमा टाेलका फुलमाया राई छनाैट गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार