चिचिलाले नीति तथा कार्यक्रम निर्माण पूर्व पालिकावासीसँग माग्याे सुझाव



खाँदबारी । चिचिला गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ काे नीति तथा कार्यक्रम र बजेट निर्माण पूर्व पालिकावासीसँग सुझाव मागेकाे छ । गाउँपालिकाकाे नीति तथा कार्यक्रम निर्माणका लागि जनतालाई सहभागी गराउने याेजना अनुरुप सर्वदलीय तथा सर्वपक्षिय बैठक बाेलाई सुझाव माग गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा करिव सय जना पालिकावासीकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, टाेल विकाश समितिका पदाधिकारीहरु, स्थानीय नागरिकहरु लगायत सराेकारवालाहरुले गाउँपालिकालाई सुझाव दिएका छन् ।

कार्यक्रममा चिचिला गाउँपालिलका १ का प्रदिप गुरुङले गाउँपालिकाबाट अघिल्ला आर्थिक बर्षमा गरिएकाे कार्यक्रमहरुकाे समिक्षा गर्नु पर्ने सुझाव दिनुभयाे । शिक्षा, स्वास्थ्य, भाैतिक पुर्वाधारका क्षेत्रमा गरिएकाे लगानी र त्यसकाे उपलब्धिकाे बारेमा समिक्षा गर्नु पर्ने बताउनुभयाे ।

त्यस्तै चिचिला गाउँपालिका १ का नरबहादुर गुरुङले गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि र सहकारीलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयाे । उहाँले गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले आफ्ना बालवालिकाहरु आफुले पढाएकाे विद्यालयमा नपढाई निजी विद्यालयमा पढाउनुले आफै माथि विश्वास नरहेकाे बताउनुभयाे । आगामी बर्षबाट सवै सरकारी शिक्षकहरुले गाउँपालिकाकै सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याउनु पर्ने सुझाव दिनुभयाे ।

चिचिला गाउँपालिका १ कै नारायण कार्कीले पालिकावासी जनता तथा सराेकारवालाहरुबाट लिईएकाे सुझावकाे कार्यन्वयनमा संका ब्यक्त गर्नुभयाे । गाउँपालिकाकाे नीति तथा कार्यक्रम र बजेट निर्माण पुर्व स्थानीय सराेकारवालासँग सुझाव लिनु अत्यन्तै राम्राे भएकाेले यहाँ बाट प्राप्त सुझावहरु कार्यन्वयन गर्न अनुराेध गर्नुभयाे ।

कार्यक्रममा बाेल्नुहुँदै चिचिला गाउँपालिका ३ का शुक्र राईले चिचिला गाउँपालिकामा तिब्र रुपमा विकास हुँदै गएकाे बताउनुभयाे । गाउँपालिका कृषि प्रधान पालिका भएकाेले कृषिमा राम्राे लगानी गर्नु पर्ने बताउनुभयाे । अघिल्लाे बर्षहरुमा कृषिमा कार्यक्रम गरिए पनि प्राविधिक सहयाेग कम पाएकाेले आगामी दिनमा प्राविधिक सहयाेगमा सुधार ल्याउनु पर्ने सुझाव  दिनुभयाे ।

कार्यक्रममा सहभागी चिचिला ४ का  साधना राईले सवै वडामा प्रहरी चाैकीकाे ब्यवस्था गर्नु पर्ने बताउनुभयाे । त्यस्तै पालिकामा सञ्चालित ब्यापार ब्यावसायहरुलाई पनि ब्यवस्थित गर्नु पर्ने बताउनुभयाे ।

चिचिला गाउँपालिका ४ का जीवन कुमार गुरुङले पालिकाबाट सञ्चालित याेजना तथा कार्यक्रमहरु परिणाममुखी हुनु पर्ने सुझाव दिनुभयाे । कत्तिपय स्थानमा गरिएकाे याेजना सम्पन्न भईसक्दा त्यसकाे परिणाम नआएकाे उहाँकाे भनाई छ । चिचिला गाउँपालिकामा पर्यटकीय क्षेत्रहरु पर्याप्त रहेकाे र त्यस्ता क्षेत्रबाट राजश्व संकलन गर्न सकिने उहाँले सुझाव दिनुभयाे ।

चिचिला गाउँपालिका २ का देवसन राईले आगामी आर्थिक बर्षमा आर्थिक बृद्धि हुने खालकाे कार्यक्रम ल्याउनु पर्ने सुझाव राख्नुभयाे । माहुरी पालनदेखि नयाँ प्रजातिका बाेट बिरुवाहरुकाे खेति लगाउने गरि कार्यक्रम ल्याउन राईले सुझाव दिनुभयाे ।

कार्यक्रममा उपस्थित वडा नम्बर २ का ठगबहादुर गुरुङले पनि कृषिमा लगानी बढाउनु पर्नेमा जाेड दिनुभयाे । गाउँपालिकाकाे विकासकाे लागि आम नागरिकहरुकाे पनि ठुलाे भुमिका रहने भएकाेले स्थानीयबाट श्रमदान खटाउने गरि नीति निर्माण गर्नु पर्ने सुझाव दिनुभयाे ।

चिचिला गाउँपालिका ४ का पुर्व वडा अध्यक्ष हर्क गुरुङले पनि विगतमा गरिएकाे याजनाकाे समिक्षा गरेर आगामी याेजना निर्माण गर्नु पर्ने सुझाव दिनुभयाे । याेजना तथा कार्यक्रमलाई नतिजामुखि बनाउनका लागि अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभयाे ।

कार्यक्रममा सहभागी नेकपा एमाले चिचिला गाउँपालिकाका प्रतिनिधि लाेकबहादुर घलेले पनि जनताकाे सुझाव अनुसार बजेट विनियाेजन गर्नेमा आस्वस्त नरहेकाे प्रतिकृया दिनुभयाे । हाल बहालवाला जनप्रतिनिधिहरु कुनै दलकाे मात्र नभएर आम नागरिकहरुकाे प्रतिनिधीकाे रुपमा काम गर्नु पर्ने सुझाव दिनुभयाे । कत्तिपय ठाउँहरुमा नागरिकहरुबाट ब्यापक गुनासाेहरु आईरहेकाेले त्यस तर्फ ध्यान जानु पर्ने उहाँकाे सुझाव थियाे । राजश्व संकलनकाे नाममा कर बढाएर जनतालाई सास्ति दिन नहुने समेत उहाँले सुझाव दिनुभयाे ।

बैठकमा उठेका बिषयहरुमा नै बाेल्नुहुँदै नेकपा माओवादी केन्द्र चिचिला गाउँपालिकाकाे नेता बीरसिंह गुरुङले जनतालाई कर बढाउने भनेर गलत बुझाई राख्न नहुने बताउनुभयाे । स्थानीय सरकार सञ्चालन गर्न राजश्व संकलन अनिबार्य भएकाेले कर जनताबाट नभई निर्यातकर्ता तथा ठेकेदारबाट संकलन गरिने गुरुङले स्पष्ट पार्नुभयाे । त्यस्तै भुमी कर गाउँपालिकामा संकलन गर्नु जग्गा धनीकै हितमा रहेका समेत उहाँले स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका नेता टकमान घलेले भाैतिक पुर्वाधारकाे निर्माणलाई मात्र विकास भनेर बुझ्न नहुने बताउनुभयाे । पालिकावासीकाे आचरण, जीवन शैली, सकरात्मक साेंच लगायतमा परिवर्तन ल्याउने खालकाे नीति तथा कार्यक्रम समेत निर्माण गर्नु पर्ने उहाँकाे सुझाव छ । पालिकाकाे विकासमा सवै दल एक भएर लाग्नु पर्ने समेत घलेकाे भनाई थियाे ।

कार्यक्रम सञ्चालक समेत रहनुभएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जुनसुकै याेजना तथा कार्यक्रम परिणाममुखी बनाउनकाे लागि सम्बन्धित सराेकारवाला आफैले आफ्नाे अनुगमन गर्नु पर्ने बताउनुभयाे । सम्बन्धित सवै आफै जिम्मेवार भए सवै याेजना तथा कार्यक्रमबाट परिणाम आउने बताउनुभयाे । त्यस बाहेक गाउँ कार्यपालिका कार्यालयबाट गर्नु पर्ने जुनसुकै काममा आफुहरु पछि नहट्ने अधिकृत राईले प्रतिवद्धता समेत ब्यक्त गर्नुभयाे ।

कार्यक्रममा प्राप्त सुझावहरुलाई ग्रहण गर्नुहुँदै गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले पालिकाकाे सराेकारवालाहरुकाे सुझावकै आधारमा आगामी बजेट निर्माण गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयाे । यहाँ प्राप्त सुझाव बाहेक पनि वडाका जनप्रतिनिधि र पालिकामा नै आएर पनि सुझाव दिन सक्ने अध्यक्ष शेर्पाले बताउनुभयाे । पालिकावासीले विगतकाे बर्षमा सञ्चालन गरिएका कार्यक्रमहरुकाे प्रभावकारीताकाे मुल्याङकन गर्दै थप्नु पर्ने वा हटाउनु पर्ने भन्ने बारेमा समेत सुझाव दिन अनुराेध गर्नुभयाे ।

 

 

सम्बन्धित समाचार