खाँदबारीमा खानेपानी धाराबाट बाँडाैं, न की चाेककाे पसल जस्ताे (सम्पादकीय)



त्यसाे त खाँदबारी नगरपालिकामा वितरण गरिने खानेपानीकाे चर्चा अहिलेदेखिकाे हाेईन । मांसिमा खानेपानीमा चरम लापरवाहि भएकाे तथा हिनामिना समेत भएकाेले खानेपानी नआएकाे भन्ने टिकाटिप्पणी ब्यप्त छ ।

अझ केहि दिनदेखि यता खाँदबारीमा अर्काे खानेपानीकाे चर्चा पनि चिलिएकाे छ । खाँदबारी नगरपालिकाकाे प्रमुख प्रसासकीय अधिकृतकाे क्वाटरमा दम्कलबाट पानी ल्याएर भरिएकाे तर जनता पानीकाे हाहाकारमा बस्नु परेकाे भन्दै विभिन्न सामाजिक सञ्जालमा ब्यापक विराेध भयाे । याे लगत्तै बजार क्षेत्रका उपभाेक्ताहरुलाई पनि पानी वितरण गरेर राहत दिने भन्दै खाँदबारी बजारकाे चाेकहरुमा दम्कलबाट पानी वितरण गर्याे । यसरी वितरण गर्दा पनि केहिले सकरात्मक प्रतिकृया दिएका छन् भने केहिले नकरात्मक नै बने ।

बजार क्षेत्रकाे चाेकमा पानी ल्याएर वितरण गर्नुलाई आकस्मिक राहतकाे रुपमा राम्रै मान्न सकिन्छ । तर याे अत्यन्तै अब्यावहारिक, क्षणिक र लाेकप्रियताकाे लागि मात्र जस्ताे देखिन्छ । यदि पानी ट्याङकर वा दमकलबाट नै ल्याउने र वितरण गर्ने हाे भने याे भन्दा ब्यावहारिक तथा समान पहुँच पुग्ने गरि ब्यवस्थापन गरिनु पर्दछ ।

हाल चाेकमा वितरण गरिएकाे पानीबाट अति सिमित उपभाेक्ताहरु मात्र लाभान्वित भए । आखिर पानी ढुवानी गरेर नै वितरण गर्ने हाे भने उपभाेक्ताहरुकाे धारामा आउने पानीकाे माथिल्लाे ट्याङ्किमा पानी भर्नु पर्दछ । त्यस ट्याङ्कीमा भरिएकाे पानी निस्चित समयमा उपभाेक्ताहरुकाे धारा मार्फत पठाउनु पर्दछ ।

यसाे हुँदा आम उपभाेक्ताहरु पानीकाे समान पहुँमा पुग्छन् र उपभाेग गर्न पाउँछन् । याे ब्यवस्थापनले खानेपानी सञ्चालकहरुलाई पनि लाभ नै मिल्छ । आम उपभाेक्ताहरुकाे धारामा राखिएकाे मिटर हुँदै पानी पुग्ने भएकाेले उक्त मिटर मार्फत उपभाेक्ताहरुले शुल्क समेत तिर्ने भएकाेले खाने(?)पानी सञ्चालकहरुलाई समेत सहज हुने देखिन्छ ।

पानीकाे ब्यवस्थापनमा ब्यावहारिक तथा उपभाेक्ताहरुकाे समान पहुँच नभए नगरपालिकाले स्यावासी कम र गाली धेर खाने निश्चित नै हाे ।

सम्बन्धित समाचार