थुलुङ दुधकाेशी गाउँपालिकामा महिला सशक्तिकरण सम्बन्धि तालिम सुरु



साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकामा महिला शसक्तिकरणका लागि नेतृत्वादायी भुमिका सम्बन्धि तालिम सुरु भएकाे छ । गाउँपालिकाकाे महिला जनप्रतिनिधी र पालिकाका अगुवा महिलाहरुलाई मंगलबारबाट तालिम दिन सुरु गरिएकाे हाे ।

४ दिनसम्म सञ्चालन हुने याे तालिममा १९ जनप्रतिनिधी र ११ जना अगुवा महिला गरि ३० जनाकाे सहभागिता रहेकाे छ । प्रत्येक वडाकाे सिफारिसमा १ जनाकाे दरले ९ जना र उपाध्यक्षकाे सिफारिसमा २ गरि ११ अगुवा महिलाहरुकाे सहभागीता रहेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन रेम्निसिङ कुलुङले जानकारी दिनुभयाे ।

तालिममा प्राध्यपक डा. रेनु थापा साेलुले प्रशिक्षण दिनु हुनेछ। तालिममा निर्वाचित जनप्रतिनिधिको काम कर्तव्य र अधिकार,  स्थानीय सरकार संचालन सम्बन्धी मौजुदा नियम¸ कानून तथा व्यवस्थाहरुबारे जानकारी र व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धिका कार्यहरुकाे बारेमा प्रशिक्षण गरिने गाउँपालिकाले जनाएकाे छ ।

तालिम आगामी शुक्रबार सम्पन्न हुनेछ ।

 

सम्बन्धित समाचार