मन्त्री ज्यू, तपाईलाई ‘कुत्कुती’ लाग्दैन ?



सङ्खुवासभा सदरमुकाम समेत रहेकाे खाँदबारी नगरपालिकाकाे ११ नम्बर वडा हेलुवाबेँशीबाट भाेजपुरकाे मुम्लिङटार निस्कन अरुण नदि तर्नु पर्छ । याे मार्ग सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका र भाेजपुरकाे साल्पासिलिछाे गाउँपालिका प्रवेश गर्ने प्रमुख नाका मध्येकाे एक हाे ।

यहाँ माेटरेबल पुल निर्माण गर्ने कुराे चलेकाे दशक नाघिसक्याे तर अहिलेसम्म ‘कुराे’मा मात्रै सिमित बन्याे । पटकाै पटककाे चुनावमा अरुण पारिकाे मत तान्न याे पुल सवै दलकाे मुल ‘एजेण्डा’ बन्ने गर्छ । तर चुनाव सकिएपछि ‘तैँ चुप, मै चुप’ । यहाँ प्रयाेग भएकाे शब्दमा असहमती जनाउने काेहि भए स्थलगत अनुगमन गर्न सकिन्छ ।

अरु त अरु नै भए, जाेबाट केहि हाेला भनेर अपेक्षा गर्न सकिन्न । तर धेरैकाे आशाकाे केन्द्र बनेकाे भाेजपुरबाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित भएर संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बन्नुभएकाे सुदन किराँती समेत बेखबर बन्दा यस क्षेत्रका नागरिकहरु दुखित छन् ।

गत स्थानीय तहकाे चुनावकाे मुखैमा २०७८ चैत्र १४ गते किराँतीले उक्त पुलकाे शिलान्यास गर्नुभएकाे थियाे । केहि गराैं भन्ने हुट्हुटी भएका युवा नेताले ‘छाेएपछि’ केहि हाेला की भनेर आस बाेकेकाहरुसँग अहिले निरासा बाहेक केहि छैन ।

किराँतीले शिलन्यास गरेर २-४ दिन डाेजर पनि चलाईयाे । तर स्थानीय तहकाे चुनाव सकिएसँगै उक्त डाेजर छाेडेर गएकाहरु अहिलेसम्म काेहि पनि फर्किएका छैनन् । पुल निर्माण कार्य अलपत्र छाेडिएकाे विषयलाई लिएर तुम्लिङटार हुँदै गृह जिल्ला भाेजपुर आउनुभएकाे बेला २०७९ साल फागुन १० मा तुम्लिङटार विमान स्थलमा मन्त्री किराँतिलाई कुरा पनि गरिएकाे थियाे ।

उहाँले एक हप्ता भित्र ठेकेदार फिल्डमा आएर काम सुरु गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएकाे थियाे । तर हप्ता दिनकाे त कुरै भएन, ४ महिना वित्दा पनि कार्य क्षेत्रमा काेहि देखिएन ।

हुन त यस्ताे भाैतिक पुर्वाधार निर्माण कार्य मन्त्री किराँतीकाे मन्त्रालय अन्तर्गत पर्दैन पनि भनिएला । तर यत्ति भनेर जिम्मेवारीबाट पञ्छिन मिल्दैन । यदि त्यसाे भनिए के चुनावी ‘बल्छि’ मात्र थियाे मन्त्रीले गर्नुभएकाे त्याे शिलन्यास ? हाेईन भने देश दुनियाँले आस गरेकाे युवा नेतृत्वबाट दुनियाँलाई नै निरास बनाउनु हुन्न ।

आफैले शिलान्यास गरेकाे आफ्नै गृह जिल्ला प्रवेश गर्ने पुलकाे मन्त्री किराँतीले बेवास्ता गर्नुहुन्न । चुनावकाे मुखैमा आफैले शिलान्यास गरेकाे पुल बेवारिसे हुँदा ‘कुत्कुती’ लाग्नु पर्छ ।

 

सम्बन्धित समाचार