चिचिलामा लम्पि स्किनबाट १८ गाईगाेरु मरे, ८५८ काे उपचार गरिदै



खाँदबारी । पछिल्लाे समय पशु चाैपायमा विकराल रुप लिदै गरेकाे लम्पि स्किन राेगका कारण चिचिला गाउँपालिकामा १८ वटा गाई गाेरु मरेका छन् । राेगका कारण ८५८ वटा गाई गाेरुकाे उपचार भईरहेकाे छ ।

५ वटा वटा वडा रहेकाे चिचिलामा सवै भन्दा धेरै वडा नम्बर ५ मा ९ वटा मरेका छन् । त्यस्तै, वडा नम्बर ४ मा ४ वटा, वडा नम्बर २ मा ४ वटा र वडा नम्बर १ मा १ वटा गाई गाेरु मरेका छन् । वडा नम्बर ३ मा भने अहिलेसम्म बिरामी भएका बाहेक क्षति पुगेकाे छैन ।

बिरामी हुनेहरुमा वडा नम्बर २ मा सवै भन्दा धेरै रहेकाे छ । हालसम्म वडा नम्बर २ मा २२० गाई गाेरु विरामी छन् । वडा नम्बर २ मा २००, वडा नम्बर ३ मा १७०, वडा नम्बर ४ मा १०० र वडा नम्बर ५ मा १६८ वटा संक्रमित विरामी रहेका छन् ।

पालिका भरि नै राेगकाे संक्रमण बढेपछि एक वडा एक प्राविधिककाे ब्यवस्था गरेर संक्रमित पशुकाे उपचार भईरहेकाे चिचिला गाउँपालिका पशु शाखाले जनाएकाे छ । गाउँपालिकाले विपद ब्यव्थापन काेषबाट रकम विनियाेजन गरि औषधी खरिद गरि ५० प्रतिशत छुटमा पशु पालकहरुलाई सेवा दिईरहेकाे कृषी शाखा प्रमुख दिर्घमान कुलुङले जानकारी दिनुभयाे ।

कृषी प्राविधिकहरु कृषकहरुकाे गाेठ गाेठमा पुगेर निशुल्क प्राविधिक सेवा दिएकाे र औषधीकाे भने ५० प्रतिशत पशुधनीबाट लिईएकाे प्राविधिक रविन पाैडेलीले जानकारी दिनुभयाे । संक्रमित पशु धनीहरुलाई लम्पि स्किन राेग र त्यसबाट बच्ने उपायकाे बारेमा समेत सचेतना दिँदै आएकाे पाैडेलीले बताउनुभयाे ।

सम्बन्धित समाचार