कैदी मृत्यू प्रकरण: एक हप्ता वित्दा पनि नतिजा विहिन अनुसन्धान, कारण के त ?



खाँदबारी । जिल्ला कारागार खाँदबारीमा गत २३ गते मृत्यू भएका २ कैदीहरुकाे छानविनका लागी ३ वटा छुट्टाछुट्टै अध्ययन तथा छानविन समिति गठन भए ।

जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेकाे संयाेजकत्वमा छानविन समिति गठन गरियाे । काेशी प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरिक्षक ऋषीराम कँडेलकाे संयाेकत्वमा र गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमल पाण्डेकाे संयाेजकत्वमा अध्ययन समिति गठन गरि अनुसन्धान गरियाे । यस बाहेक विभिन्न मानव अधिकार संगठनहरु पनि अध्ययनकाे लागि आए । उनीहरु अहिले फर्किसकेका छन् ।

घटनाकाे केहि दिन चरम चर्चामा रहेकाे यस घटना अहिले सेलाउँदै गएकाे जस्ताे देखिन्छ । घटनाकाे केहि दिन भित्रै दाेषी सार्वजनिक गर्ने तयारी गरिए पनि एक हप्ता वित्दा पनि दाेषी सार्वजनिक हुन सकेकाे छैन । यस अघि प्रहरी अनुसन्धानबाट कारागारमा खटिएका १० प्रहरी र ५ कैदीहरु दाेषी रहेकाे प्रारम्भिक निश्कर्ष निकालिएकाे थियाे । साेहि अनुसार उनीहरु विरुद्ध किटानी जाहेरी दिन प्रहरीबाट पिडित पक्षलाई भनिएकाे थियाे ।

तर पिडित पक्षबाट कारागार प्रशासन प्रमुख र सुरक्षा ईञ्चार्जकाे नाम ताेकि ‘लगायत’ भनेर किटानी जाहेरी दिईएपछि छानविन नतिजा विहिन बनेकाे छ । कारागार प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा ईञ्चार्च लक्ष्मी चाैधरीकाे नाममा किटानी जाहेरी दिईएपछि चाैधरी पक्राउ परिसकेका छन् भने घिमिरे पक्राउ परेका छैनन् । घिमिरे घटनाकाे समयमा कार्यालयमा नरहेकाेले उनी विरुद्ध किटानी जाहेरी आउनु उचित नरहेकाे र पक्राउ पर्न नहुने भनेर प्रहरी प्रशासनलाई दवाब छ । यस कारण पनि घिमिरे पक्राउ परेका छैनन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र गाेदारका अनुसार घिमिरेकाे खाेजी भईरहेकाे छ ।

किन २ जनाकाे नाममा मात्र किटानी जाहेरी ?

जिल्ला कारागारमा भएकाे घटना अमानवीय भएकाे भन्दै सराेकारवाला संघसंस्था र ब्यक्तिहरु सवैकाे चासाे बढ्याे । यस क्रममा सल्लाहकार तथा सहयाेगीहरुकाे संख्या पनि अधिक हुने नै भए । प्रहरी श्राेतकाे अनुसन्धानबाट किटानी जाहेरी दिन भनिएकाहरु सवै दाेषी नहुन सक्ने पिडित पक्षहरु (मादी नगरपालिका समेत) काे अभिब्यक्ति थियाे ।

यस क्रममा एक कानुनी परामर्शदाता (गैह्र सरकारी संस्था) ले कारागार ब्यवस्थापन प्रमुख र सुरक्षा ईञ्चार्जकाे नाममा ‘लगायत’ शब्द राखेर किटानी जाहेरी दिए उनीहरुकाे अनुसन्धानबाट अरु तानिने भन्दै सुझाए र उनीहरुले नै जाहेरीकाे कागजात बनाउन पनि सहयाेग गरे । हाल उक्त परामर्शदाताले पनि जिल्ला छाेडिसकेकाे बताईएकाे छ ।

यस घटनामा २ जनाकाे नाममा मात्र किटानी जाहेरी दिनु र अनुसन्धानकाे नतिजा चाँडाे नआउनुले उक्त परामर्शदाता कतैबाट परिचालित त हाेईन ? भनेर चर्चा हुन थालेकाे छ ।

अब के हुन्छ ? 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र गाेदारकाे अनुसार पक्राउ परेका प्रहरी सहायक निरिक्षक (असई) लक्ष्मी चाैधरी माथी अनुसन्धान भई रहेकाे छ । कारागार प्रमुख राजेन्द्र घिमिरेकाे खाेजी भईरहेकाे उहाँकाे भनाई छ । अदालतबाट घिमिरेकाे नाममा पनि पक्राउ पर्जी जारी भईसकेकाेले उहाँलाई समेत पक्राउ गरि अनुसन्धान गरिने उहाँकाे भनाई छ ।

अब २ जनाबाट अनुसन्धान गरि घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याईने प्रनाउ गाेदारले बताउनुभयाे । ‘अध्ययन समितिकाे प्रतिवेदन पनि अब आउला, ढिला चाँडाे हुन सक्छ तर दाेषीले उन्मक्ति पाउँदैन’, गाेदारले भन्नुभयाे ।

कारागारमा मृत्यु हुनेहरुमा सङ्खुवासभा जिल्ला मादी नगरपालिका ५ का १९ बर्षीय विनाेद ताेलाङ्गी र मकवानपुर जिल्ला ककनी गाउँपालिका २८ बर्षीय आकाश बलामी रहेका छन् । ताेलाङ्गी जबरजस्ती करणीमा र बलामी चाेरी मुद्धामा कैद भुक्तान गरिरहेका थिए । उनीहरु कारागारकाे रड काटेर भाग्न खाेज्न खाेजेपछि कुटपिट गरिएकाे प्रहरीले दावी गर्दै आएकाे छ । जिल्ला अस्पताल खाँदबारीमा राखिएकाे उनीहरुकाे शव ६ दिन पछि परिवारले बुझेका थिए ।

गाेरखापत्र अनलाईनबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार