खाँदबारी नगरपालिकाकाे सुचना ‘कागलाई बेल पाक्याे, हर्ष न विस्मात’



सङ्खुवासभाकाे सदरमुकाम खाँदबारी बजार क्षेत्रमा ठुला आरसिसि घर बनाउने तर छटकाे पानी पाईप मार्फत सडकमा धारा जस्तै गरि झारिदिने समस्या आजकाे मात्र हाेईन । याे विगत लामाे समयदेखि भईरहेकै छ, आज पनि उस्तै छ ।

यसरी घरकाे छटकाे धाराबाट पानी परेकाे बेला पैदल यात्रीलाई कत्ति सास्ति दिएकाे छ त्यस्काे सहजै अनुमान लगाउन सकिन्छ । पानी परेकाे बेलामा मात्र नभएर पाईप लाईनबाट आएकाे पानी ट्याङ्कीमा भरिएपछि झरेकाे पानीले सडकमा हिड्दै गरेका यात्रुलाई कत्ति असहज बनाएकाे छ भन्ने कुरा त्याे घर धनीलाई के थाहा र । सायद साे घर रहेकाे टाेलवासी वा छिमेकीलाई पनि थाहा छैन । थाहा भएकाे हुँदाे हाे त छानाकाे पानी ब्यवस्थापन गर्न सुझाव दिई हाल्थ्याे नी ।

यस्ताे छटबाट धाराकाे समस्या खाँदबारीकाे प्रगति टाेल, पाेखरी टाेल वरिपरि, सजग टाेल, देउराली टाेल लगायतका टाेलहरुमा प्रत्यक्ष देख्न सकिन्छ । यी बाहेकका टाेलहरुमा समेत छटबाट धाराका समस्या रहेकाे देख्न सकिन्छ ।

यस्ताे समस्याकाे बारेमा गुनासाे बढेसँगै खाँदबारी नगरपालिकाले एक सुचना जारी गरेर एक हप्ता भित्र छटकाे पानी ब्यवस्थापन गर्नेु पर्ने, नभए स्थानीय सरकार सञ्चालन एेन २०७४ बमाेजिम कारवाहि गरिने भनेकाे छ । गत भदाै ११ गते प्रकाशित सुचना भदाै १८ गते नै एक हप्ता पुगि सकेकाे छ तर त्यस्ताे छटकाे धारा कसैले पनि ब्यवस्थापन गरेकाे पाईएकाे छैन ।

हुन त विगत बर्षमा पनि आम मानिसकाे गुनासाे पछि यसरी नै नगरपालिकाले सुचना जारी गरेकाे थियाे । त्याे बेला पनि नगरपालिकाले सुचनाकाे बेवास्ता गर्ने उपर कुनै कारवाहिकाे प्रकृया अघि नबढाएपछि यस पटककाे सुचनाकाे वास्ता किन गर्नु ? आखिर आडम्बर मान्छे न हाैँ हामी ।

खैर, यस पटक खाँदबारी नगरपालिकाले केहि गर्लाकी त ? हेर्नै बाँकी छ ।

सम्बन्धित समाचार