असाेज २७ गते चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने



खाँदबारी । यहि असाेज २७ गते चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने भएकाे छ । भारत, अमेरिका र चिनियाँ प्रतिनीधिहरुकाे सहभागितामा सम्मेलन हुन लागेकाे पत्रकार सम्मेलन मार्फत चिचिला गाउँपालिकाले जानकारी दिएकाे हाे ।

कार्यक्रम चिचिला गाउँपालिकाकाे आयाेजना तथा मकालु साहित्य समाजकाे संयाेजनमा हुन लागेकाे हाे । चिचिला गाउँपालिकाकाे साँस्कृतिक तथा पर्यटनकाे प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनकाे आयाेजना गर्न लागिएकाे हाे । कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फाे आमेईकाे साँस्कृतिक टाेलीकाे सहभागिता रहने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयाे ।

कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुकाे साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितकाे जनप्रतिनीधिहरुकाे सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएकाे छ । कार्यक्रममा लाेपाेन्मुख रहेकाे हाक्पारे, ठाडाे भाका, बिनायाे, मुर्चुङ्गा, पिप्पिरी (पात बजाउने) कलाहरु समेत प्रदर्शन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयाे । कार्यक्रममा स्थानीय उत्पादन तथा खाद्य पदार्थहरुकाे प्रदर्शनी पनि राखिने अधिकृत राईले बताउनुभयाे ।

कार्यक्रमकाे मुख्य उद्देश्य पर्यटन प्रवर्धन रहेकाे गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयाे । उक्त कार्यक्रम पश्चात आसामका कार्वी समुदाय बार्षीक रुपमा चिचिला गाउँपालिका आउने अध्यक्ष शेर्पाले बताउनुभयाे । हरेक बर्ष हिमालकाे पुजा गर्ने उक्त समुदायले चिचिला गाउँपालिकाकाे भुभागबाट मकालु हिमालकाे पुजा गर्ने भएपछि चिचिला गाउँपालिकाले उनीहरुसँग भगिनी सम्बन्ध विस्तार गर्दै साँस्कृति आदान प्रदान गर्ने नीति लिएकाे छ । साे अनुरुप अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलनकाे आयाेजना गर्न लागेकाे पालिका अध्यक्ष शेर्पाले स्पष्ट पार्नुभयाे ।

गाउँपालिकाले पालिका भित्रकाे उच्च क्षेत्रकाे भुभाग उपलब्ध (अस्थायी रुपमा) गराउनु पर्ने र साे क्षेत्रमा उनीहरुकाे धार्मिक संरचना निर्माण गर्ने सहमति भएकाे छ । साे स्थानबाट हरेक बर्ष कार्वी समुदाय आएर हिमालकाे पुजा गर्ने  सहमति भएकाे छ । हरेक बर्ष सय जना भन्दा बढी हिमालकाे पुजा गर्नकै लागि चिचिला आउँदा त्यस क्षेत्रकाे स्थानीय उत्पादनले बजार पाउने गाउँपालिकाकाे अपेक्षा छ । उनीहरुकै माध्ययमबाट पनि पालिकाकाे प्रचार हुने समेत गाउँपालिकाकाे अपेक्षा रहेकाे पालिका अध्यक्ष शेर्पाले बताउनुभयाे ।

कार्यक्रममा नेपाल, भारत, चिन र अमेरिकाका प्रतिनीधिहरुसँग साँस्कृतिक विनिमय हुने भएकाेले  कार्यक्रमकाे नाम अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन राखिएकाे कार्यक्रमका संयाेजक ताराबहादुर बुढाथाेकीले जानकारी दिनुभयाे । उक्त नाम राख्नका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएकाे समेत बुढाथाेकीले जानकारी दिनुभयाे ।

 

 

सम्बन्धित समाचार