अन्तराष्ट्रिय अपाङ्गता दिवस: चिचिलाले आयाेजना गर्याे हाजिरी जवाफ प्रतियाेगिता



खाँदबारी । ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा चिचिला गाउँपालिकामा हाजिरी जवाफ प्रतियाेगिता आयाेजना गरिएकाे छ । अपाङ्गता भएकाहरुकाे समुह मिलिजुली समुहकाे सहभागितामा प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे ।

प्रतियाेगितामा ५ समुहकाे सहभागिता रहेकाे थियाे । सगरमाथा, फुलबारी, विकास, मिर्मिरे, मत्स्यपाेखरी समुहकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा मत्स्यपाेखरी समुह प्रथम, सगरमाथा समुह दाेश्राे, मिर्मिरे समुह तेश्राे, फुलबारी समुह चाैथाे र विकास समुह पाँचाै भएका छन् ।

प्रतियाेगितामा ३/३ जनाकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा प्रथम हुने समुहलाई थर्मस र कपसेट प्रदान गरिएकाे छ । दाेश्राे हुनेलाई पनि केहि थाेरै क्षमताकाे थर्मस र कप सेट प्रदान गरिएकाे थियाे भने तेश्राे हुनेलाई जग र कपसेट प्रदान गरिएकाे मिलिजुली समुहका फाेकल पर्सन प्रभा कुलुङले जानकारी दिनुभयाे । बाँकी २ समुहलाई पनि कपसेट प्रदान गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

कार्यक्रम सामाजिक विकास समिति संयाेजक तथा वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा आर्थिक विकास समिति संयाेजक एवम् वडा नम्बर १ का अध्यक्ष पुर्णकुमार राई प्रमुख अतिथि रहनुभएकाे थियाे ।

 

सम्बन्धित समाचार