खाँदबारी । चिचिला गाउपालिका वडा नम्बर ४ का महिलाहरुलाई विद्यमान कानुनी ब्यवस्था सम्बन्धि तालिम दिईएको छ । चिचिला गाउँपालिका वडा नम्बर ४ को चालु आर्थिक बर्षको वडास्तरीय नीति तथा कार्यक्रम मार्फत विनियोजित बजेटले महिलाहरुलाई शुक्रबारबाट ३ दिवसीय तालिम दिईएको हो ।
गाउँघरमा आईपर्ने विभिन्न समस्याहरुमा ब्यावहारिक तवरले गरिने न्याय निरुपण, पालिकामा रहेको न्यायिक समितिको काम कर्तब्य र अधिकार लगायतको बारेमा जानकारी दिन यो तालिम दिईएको वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो । कानुनी ब्यवस्था, कारवाही लगायतकाे बारेमा जानकारी दिई वडामा घरेलु हिँसा न्यूनिकरण तथा अपराधिक घटनाहरुकाे अन्त्यका लागि याे तालिमकाे आयाेजना गरिएकाे वडा अध्यक्ष तामाङले जानकारी दिनुभयाे । घरको आमा शिक्षित र जानकार भए परिवार शिक्षित हुने भएकोले वडाका महिलाहरुलाई लक्षित गरि यो तालिम सञ्चालन गर्न वडा स्तरीय बजेट विनियोजन गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
तालिममा सवै वडाका ५० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई अधिबक्ता पर्शुराम रिजालले प्रशिक्षण गर्नुभएको थियो । वडा अध्यक्ष बालकुमार तामाङ्को अध्यक्षतामा आयोजित उद्घाटन गरिएको कार्यक्रममा पालिका अध्यक्ष पासाङ नुर्वू शेर्पा, उपाध्यक्ष मनकला राई, कार्यपालिका सदस्य जुल्मी राई, वडा सदस्य निर्मला बर्देवा, लगायतका जनप्रतिनिध र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कार्यपालिका सदस्य समेत रहेका जुल्मि राईले स्वागत मन्तब्य दिएका थिए भने उपाध्यक्ष मनकला राई र पालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिक्रिया