खाँदबारी । संखुवासभाको मादी नगरपालिकाले १७ औँ अधिवेसन सम्पन्न भएको छ । नगर सभाध्यक्ष जीवन लिङ्थेपको अध्यक्षतामा आयोजित नगर सभाको १७ औँ अधिवेसन सोमबार सम्पन्न भएको हो ।
सभामा नगर उपप्रमुख सुनिता भट्टराई दाहालले आगामी आर्थिक बर्ष २०८२।८३ को लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बजेट पेश गर्नुभएको थियो । दाहालले सामाजिक विकास तर्फ २४ करोड १२ लाख ८८ हजार रुपैयाँ सभामा पेश गर्नुभएको थियो ।
त्यस्तै, पुर्वाधार विकास तर्फ १७ करोड ४५ लाख ४४ हजार, आर्थिक विकास तर्फ १ करोड ८८ लाख २८ हजार रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५ लाख रुपैयाँ पेश गर्नुभएको थियो । सभाले कार्यालय सञ्चालन तथा प्रशासनिक कार्य तर्फ १० करोड ५८ लाख लाख ६४ हजार रुपैयाँ पेश गर्नुभएको थियो । उक्त बजेट सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
सभाले २ वटा ऐन समेत पारित गरेको छ । बन वातावरण तथा विपद ब्यवस्थाप समिति संयोजक राम बहादुर गुरुङले पेश गर्नुभएको नगर बन ब्यवस्थापन गर्न बनेको विधेयक २०८२ र विधायन समितिका संयोजक नारायण कुमार कार्कीले पेश गर्नुभएको संस्था दर्ता विधेयक २०८२ पारित गरेको हो ।
सोमबार गाउँसभा सम्पन्न भए लगत्तै धन्यवाद ज्ञापन सभा आयोजना गरिएको थियो ।
प्रतिक्रिया