चिचिला गाउँपालिकाको १८ औँ अधिवेसन सम्पन्न, ३३ करोड २३ लाख बजेट पारित



खाँदबारी । चिचिला गाउँपालिका, गाउँ सभाको १८ औँ अधिवेसन सम्पन्न भएको छ । गाउँसभाका सभाध्यक्ष पासाङ् नुर्वू शेर्पाको शेर्पाको अध्यक्षतामा चिचिला गाउँपालिकाको सभाहलमा सभा सम्पन्न भएको हो ।

अधिवेसनले ३३ करोड २३ लाख, ५३ हजार ४ सय १५ रुपैयाँ बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष मनकला राईले पेश गरेको विनियोजन विधेयक पारित गर्दै उक्त बजेट विनियोजन गरिएको हो । आगामी आर्थिक बर्षका लागि चालु तर्फ १९ करोड ७६ लाख ९७ हजार ४ सय १५ रुपैयाँ र पुँजीगत तर्फ १३ करोड ४६ लाख ५६ हजार रुपैयाँ विनियोजित गरिएको हो ।

सभाले कृषी विकास तर्फ २६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । पशुपंक्षि विकास तर्फ १९ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य तर्फ ८२ लाख ४२ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षा तर्फ ९२ लाख ३० हजार रुपैयाँ विनियोजन हुँदा पूर्वाधार विकास तर्फ ४ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पर्यटन तर्फ २२ लाख, सूचना प्रविधि तर्फ १६ लाख ५० हजार, महिला, बालवालिका तथा समाज कल्याण तर्फ ३१ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । श्रम तथा रोजगार तर्फ ५ लाख ८८ हजार रुपैयाँ, वातावरण तथा विपद ब्यवस्थापन तर्फ १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभामा सभाअध्यक्ष पासाङ नूर्वु शेर्पाले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको थियो । त्यस्तै गाउँसभा सदस्य एवम् सभासदस्य मनकला राईले पेश गरेको न्यायिक समितिले उजुरीको कारवाहि किनारा तथा फैसला कार्यन्वयन गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धि विधेयक समेत सर्वसम्मत पारित गरेको छ ।

सम्बन्धित समाचार