चिचिला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा



खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार पालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा स्थानीय खोप समन्वय समितिका संयोजक पासाङ नुर्वू शेर्पाको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति सचिव एवम् स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख नारदमुनी सुवेदीको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाको पाँच वटै वडामा रहेका जम्मा ८४ जना खोप पाउने बालबालिकाहरुलाई खोप दिईएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चिचिला गाउँपालिका भित्र भएका सवै वालवालिकाहरुलाई खोप दिईसकिएपछि घोषणा कार्यक्रम राखिएको जनश्वास्थ्य निरिक्षक एवम् चिचिला स्वास्थ्य शाखा प्रमुख जुद्धबहादुर राईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै सामाजिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ, जिल्ला खोप समन्वय समिति संखुवासभाका सचिव नारदमुनी सुवेदी र स्थानीय खोप समन्वय समिति संयोजक एवम् चिचिला अध्यक्ष पासाङ नुर्वू शेर्पाले सवै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएका थिए । महिला स्वाथ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको अथक प्रयासले पालिकाका सवै बालवालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गरिएको बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा प्रत्येक वडाका स्वास्थ्य संस्थाहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको फोटोहरु हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/share/p/19gQKcxFLd/

सम्बन्धित समाचार