वनबाट माटो झिकेको आरोपमा दुर्इ पक्राउ



१२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोकमा इजाजतबिना वनबाट अवैधरुपमा माटो झिकेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

धुलिखेलस्थित होटेल द्वारिकाज तथा रिसोर्टका म्यानेजर सतिष श्रेष्ठ र बा ३ ख ९२४५ नं को मिनी ट्रकका चालक हिरा लामालाई वन ऐन, २०४९ अनुसार प्रहरी हिरासतमा लिइएको हो ।

उनीहरुलाई धुलिखेलस्थित एउटा वनबाट जिल्ला वन कार्यालयको इजाजतबिना एकहजार दुईसय घनफिट माटो झिकेको र २७ घनफिट माटो बरामद गरी उनीहरुलाई प्रहरी हिरासतमा लिइएको जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले जानकारी दिए।

श्रेष्ठ र लामा दुबैलाई एक साताअघि जिल्ला वन कार्यालय, धुलिखेलले नियन्त्रणमा लिएको थियो । वन ऐन, २०४९ अनुसार उनीहरुलाई ६ महिना कैद वा एकहजार आठसय जरिवाना वा दुवै हुने प्रावधान रहेको छ ।

सम्बन्धित समाचार