पूर्वमा पेट्रोलियम पद्धार्थको हाहाकार



इटहरी,९ फागुन । नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा पेट्रोलियम पदार्थको ढुवानी कार्यमा सम्लग्न मजदुरमाथि आक्रमण भएको विरोधमा पेट्रोलियम पदार्थको ढुवानी अबरुद्ध भपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी गर्ने ना ४ ख ४१५० नम्वरको टेङ्करका सहचालक किरण लामालाई आइतबार निर्घात कुटपिट भएको विरोधमा पेट्रोलियम पद्धार्थ नउठेपछि पूर्वी नेपालको बजारमा पेट्रोलियम पदार्थको हाहाकार सिर्जना भएको हो ।

आयल निगमका कर्मचारीको सौतेनी ब्यवहार र आर्थिक अनियमितता लगायतको प्रलोभनमा लिप्त कर्मचारीहरुका कारण सवैले समान रुपमा पेट्रोलियम वस्तु उठाउन नपाउने लगायतका धेरै समस्याको सामना गरिरहेका ढुवानी ब्यवसायीहरुले आयल निगमको मनपरिको विरोध गर्दै पेट्रोलियम पद्धार्थ नउठाएको बताएका छन ।

निगमका कर्मचारीहरुको गलत नियतका कारण आक्रोसित मजदुर लामाले दिनभरि कर्मचारीहरुले काम नगरिदिएपछि आक्रोसित भएर झ्याल बाहिरबाट ढिलासुस्ती गर्ने कर्मचारीलाई लक्षित गरि प्रहार गरिएको इटा कम्प्युटरमा लागेपछि लामालाई त्यहाँ तैनाथ प्रहरीले नियन्त्रणमा लिई निर्घात कुटपिट परेको बताईएको छ ।

पूर्वी नेपालको झापा मोरङ्ग सुनसरी लगायतका जिल्लामा रहेका ५ सय बढि पेट्रोल पम्पहरुमा पेट्रोलियम पद्धार्थ नउठेपछि सार्वजनिक सवारी साधनहरुसँगै नीजि सवारी साधनहरु सञ्चालनमा समस्या देखिएको पेट्रोलियम पद्धार्थ ढुवानी ब्यवसायी सङ्घका पूर्वाञ्चल अध्यक्ष जीवन कार्कीले जानकारी दिए । उता निगमका प्रमुख दिनेशकुमार यादव भने एक दुई दिनमै यो समस्या समाधान हुने बताए।

सम्बन्धित समाचार