निर्वाचन नरोकिने आयोगको दावी



काठमाण्डौ । चैत्र १८, निर्वाचनमा आउन सक्ने जोखिम र चुनौतीको आँकलन गरेर सुरक्षा व्यवस्था मिलाउन  निर्वाचन आयोगले सुरक्षा निकायलाइ निर्देशन दिएको छ । काठमाडौमा आजबाट सुरु मुलुकका चारवटै सुरक्षा निकायका अधिकारीको प्रशिक्षणमा प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले निर्वाचनमा मतदाता र खासगरी महिला उम्मेदवारलाइ केन्द्रमा राखेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । सबै सुरक्षा निकायले तत्कालै कार्ययोजना बनाएर स्थानीय तहसम्म खटिनुपर्ने उल्लेख गर्दै आयुक्त यादवले निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यम्पादन गर्न आग्रह गर्नुभयो । राजनीतिक दलबीच मतभेद भए पनि तोकिएकै मितिमा निर्वाचन हुने उहाको दाबी थियो । आयुक्त सुधीरकुमार शाहले पनि जस्तोसुकै अवस्था आएपनि निर्वाचन नरोकिने बताउनुभयो ।

गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदाता र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर बनेको बताउनुभयो । सविधान कार्यान्वयनका लागि निवार्चन अपरीहार्य रहेको उल्लेख गर्दै उहाँले तोकिएको मितिमै निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह समेत गर्नुभयो । दुई  दिन सम्म चल्ने प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ जना अधिकृत सहभागी छन् । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनका लागि दुई लाख २६ हजार सुरक्षाकर्मी खटाउने गरी कार्ययोजना बनाएको जनाएको छ ।

सम्बन्धित समाचार