नागरिक उड्यन मन्त्री गिरी तीनदिनदेखि अस्पतालमा




काठ्माण्डौ । पर्यटन तथा नागरिक उड्यनमन्त्री दिलनाथ गिरि बिरामी भएपछि तीन दिनदेखि अस्पतालमा नै हुनुहुन्छ । अचानक उहाँको स्वास्थ्यमा खराबी आएपछि काठ्माण्डौ स्थीत चाबहिलमा रहेको ओम अस्पतालमा स्वास्थ्य परिक्षण गराउदा अर्लि निमोनिया लागेको पत्ता लागेको थियो ।
सो रोग पुर्ण रुपमा निको हुन अझै केहिदिन लाग्ने भएकोले अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरले बताएको उहाँको सचिवालयले जनाएको छ । राम्रो उपचार नभई काममा फर्किदा कामको चापले पुनः रोग बल्झनसक्ने भएकोले केहि दिन अस्पतालमै राख्नु पर्ने बताईएको छ ।

सम्बन्धित समाचार