म्यादी प्रहरीको तालिमको क्रममा तीन जनाको मृत्यु



१९ चैत, काठमाडौं । म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ ।

बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर लडेका थिए ।

लगतै अस्पताल पुर्‍याएको र उनको मृत्यु भएको प्रहरी उपरीक्षक टेकबहादुर राईले बताए ।

यस्तै खोटाङ, सतेश्वरका २४ वर्षीय किशोर निरौलाको पनि मृत्यु भएको छ । तालिमका क्रममा बेहोस भएका उनको उपचारका क्रममा निधन भएको हो ।

यस्तै बिराटनगर( १६ का तुलसी राजवंशीको लडेर निधन भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार