२५ लाख बराबरको भवन दान



गान्खु कुलुङको स्मृतिमा निर्मित भवनको उद्घाटन गर्दै कुलुङ संघका बरिष्ठ सल्लाहकार बीरचन्द्र कुलुङ । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ

धरान । दिवंगत क्याप्टेन कृष्णबहादुर गान्खुको स्मृतिमा उनको धर्मपत्नीले २५ लाख रुपैया बराबरको भवन दान गरेकी छन् ।

शनिबार एक कार्यक्रमका बीच धरान–५ देवीगाउँमा निर्मित भवन नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघलाई हस्तान्तरण गरिन् । क्याप्टेन गान्खु संस्थाका संस्थापक सदस्य हुन् । २०४८ सालमा संस्था स्थापना भएको थियो ।

उनको धर्मपत्नी बीममाया गान्खूले एकतले भवनको चावी संस्थाका अध्यक्ष आशधन कुलुङलाई हस्तान्तरण गरिन् । भवनको उद्घाटन पनि शनिबारै गरिएको छ । संस्थाका बरिष्ठ सल्लाहकार बीरचन्द्र कुलुङले भवनको उद्घाटन गरे ।

भवनको एक छेउमा क्याप्टेन गान्खुको अर्धकदको प्रतिमासमेत राखिएको छ । भवन तीन महिना अघिदेखि निर्माण गरेर हालै सम्पन्न भएको दुर्गादास कुलुङले बताए ।

सम्बन्धित समाचार