माओवादी केन्द्रले दुधकुण्ड नगरपालिकाको उमेदवार घोषणा गर्यो




सोलुखुम्बु चैत २३ । नेकपा माओवादी के्रन्द्रले सोलुखुम्बुको एकमात्र नगरपालिका दुधकुण्ड नगरपालिकाको उमेद्वार घोषणा गरेको छ । नगरपालिकाको लागि प्रमुखको रुपमा उमेद्वारको टुंगो लागेसँगै बुधबार पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रृष्ठको उपस्थितीमा उमेद्वार घोषणा गरिएको ।

दुधकुण्ड नगरपालिकाको लागि प्रमुखमा ङिमातेण्डुप शेर्पा र उपप्रमुखमा निमा गेल्मु शेर्पालाई उमेद्वार बनाईएको छ । उम्मेदवार घोषणासँगै योजनाबद्ध रुपमा माओवादी केन्द्र प्रचार प्रसारमा लाग्ने बताईएको छ ।

नगरपालिकासँगै गाउँपालिकाका उम्मेदवारहरु पनि क्रमशः घोषणा गर्दै जाने माओवादी केन्द्रको कार्यक्रम छ ।

सम्बन्धित समाचार