संखुवासभाको दलले अझै उमेद्वारको टुंगो लगाएन




संखुवासभा, बैशाख ७ गते । नेपाली कांग्रेस सङ्खुवासभाले आजसम्ममा स्थानीय तहको उमेद्वारको अन्तिम टुंगो लगाउने भने पनि कुनै तहको पनि टुङ्गो लगाउन सकेको छैन । स्थानीय तहमा उमेद्वारको आकांक्षी बढी भएपछि उमेद्वारको टुंगो लगाउन नसकेको हो ।

कोही स्थानीय तहबाट एक भन्दा बढि उमेद्वारको सुची पठाईएको र केहिमा सिफारिस समेत जिल्लालाई पठाउन नसकेकोले उमेद्वार छान्न नसकेको नेपाली कांग्रेस सङ्खुवासभाले जनाएको छ । उमेदवारको आकांक्षी धेरै भएपनि अब केहि दिनमा नै टुंगो लगाईने नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपन कुमार श्रेष्ठले बताउनुभयो ।

यता नेकपा एमालेले पनि हालसम्म कुनै स्थानीय तहको लागि उमेद्वारको टुंगो लगाईसकेको छैन । प्रत्येक तहबाट सर्वसम्मत उमेद्वार लिएर आउने निर्देशन दिएपनि प्राय सवै स्थानीय तहबाट एक भन्दाबढीको नाम सिफरिस भएर आएको नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष हेमराज घिमिरेले बताउनुभयो । नेकपा एमालेको उमेद्वारको टुङ्गो आगामी १२ गतेभित्र लगाईसक्ने उहाँले बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रले पनि खाँदबारी नगरपालिकाको उमेद्वार घोषणा गरेको बाहेक अन्यको उमेद्वारी घोषणा गरेको छैन । केही ठाउँको उमेद्वार टुङ्गो लागेको र केहीको टुङ्गो लाग्न बाँकी रहेको नेकपा माओवादी केन्द्र सङ्खुवासभाका प्रचार विभाग प्रमुख छिरिङ शेर्पाले जानकारी दिनुभयो । अन्य पार्टीको हेरेर उमेद्वार घोषणा गर्नु पर्ने भएकोले पनि टुङ्गो लागेको उमेद्वारहरुको पनि नाम घोषणा नगरिएको समेत उहाँले जानकारी दिनुभयो । खाँदबारी नगरपालिकाको लागि प्रमुखमा बीरबहादुर लिम्बु र उपप्रमुखमा सुशिला घिमिरेलाई उमेद्वार बनाएका छन् ।

सम्बन्धित समाचार