इटहरीमा फेशन परेडको तयारी अन्तिम चरणमा



इटहरी, बैशाख १३ गते । इटहरी र नया बर्ष २०७४ को अवसर पारी आयोजना गर्ने भनिएको इटहरी फेशन परेडको तयारी अन्तिमचरणमा पुगेको छ । इटहरीमै पहिलो पटक आयोजना गर्न लागिएको उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूको पनि उपस्थिती रहने भएको छ ।

आगामी बैशाख २१ गते हुने भनिएको फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना मोडलहरूलार्इ तालिम प्रदान गरेलगत्तै त्यसको तयारी अन्तिम चरणमा पुगेको हो ।

इटहरी बेङकुइटमा हुने कार्यक्रममा मुख्य आर्कषकको रूपमा नेपालकी नव नायिका रेश्मा घिमिरे, नायिका तथा मिडिया पर्सनालिटी रिमा बिश्वकर्मा लगायत अन्य ख्यातीप्राप्त मोडलहरूको सहभागी रहने भएको छ । परेडमा धरान, इटहरी, दमक, काठमान्डौं गरी १५ मोडेलहरूको सहभागी रहने जनाइएको छ ।

सम्बन्धित समाचार