कर्मका लेखक न्यौपाने सम्मानित



काठमाडौं – पुस्तक कर्म: सिकाइमा गहिरिएको खाडल र पत्रकारीता मार्फत बालबालिकाको विषय प्रभावकारी रुपमा उठाएको भन्दै कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने सम्मानित भएका छन् ।

बालक्लब संजाल काठमाडौंले लेखक न्यौपानेलाई बालक्लब संजाल काठमार्डौंका अध्यक्ष राजाराम बस्नेत र क्लबका स्वयम्सेवी सहजकर्ता प्रविण सिलवालले न्यौपानेलाई संयुक्त रुपमा सम्मान हस्तान्तरण गरे । ‘मुलुकका विभिन्न भेगमा पुगेर आफूले देखे भोगेका कुरालाई कर्म पुस्तकमा समटेर बालअधिकार संवद्र्धन गर्न यहा“ले झकझकाउनु भएकोमा हामी ज्यादै उत्साहि छौं,’ सम्मान पत्रमा भनिएको छ,’ ‘कर्म बालबालिकाको क्ष्ँेत्रमा प्रभावकारी नतिजा ल्याउने दस्तावेज हो ।

यस्तो दस्तावेज ल्याउनु भएकोमा हामीलाई गर्व लागेको छ ।’ न्यौपानेको यो दोस्रो पुस्तक हो । शिक्षा, सिकाइ, बालबालिका लगायत क्षेत्रमा अध्ययन गरेर यो पुस्तक लेखिएको हो । उनको पुस्तक भर्खरै दोस्रो संस्करण बजारमा आएको छ । उनले यसअघि शसस्त्र युद्धका विषय समेटेर एम्बुसमा ६ वर्ष लेखेका थिए । बालक्लब संजालले उनको पुस्तक कर्ममा केन्द्रित रहेर ‘कर्मसंग बालबालिका’ पनि आयोजना गरेको थियो ।

कार्यक्रममा बालक्कबल संजाल काठमाडौंका सल्लाहकार सिलवालले किताबमा समेटिएका विषयवस्तु मन छुने रहेको प्रतिक्रिया दिए । ‘यसमा भएका केही सफलताको कथाले केही गर्न प्रेरणा दिन्छ,’ सिलवालले भने, ‘अपांगता भएकाले त केही गरेका छन् भने हामी किन गर्न सक्दैनौं भनेर उत्साह दिन्छन् ।’ बालअधिकारकर्मी पवित्रा भट्टराइले किताबका हरेक च्याप्टर पढ्दा म आफैं पात्र हु की जस्तो अनुभूति भएको प्रतिक्रिया दिइन् । ‘किताब पढ्दा म पनि त्यही छु जस्तो लाग्छ,’ उनले सुनाइन्, ‘लेखाइ लोभ लाग्दो छ ।

म पनि न्यौपाने जस्तै लेखक बन्ने लक्ष्य छ ।’ पुस्तकका पात्र तथा व्यवहारिक शिक्षा कसरी दिलाउने भनेर कर्मले घचघचाउने प्रतिक्रिया दिए । साहित्यकार श्रीराम राइले कर्म आवाज विहिनहरुको आवाज भएको प्रतिक्रिया दिए ।, बालअधिकारकर्मी पवित्रा भट्टराई, पुस्तकका पात्र परशुराम शिवाकोटी युना सापकोटा लगायतले पुस्तक बालमैत्री समाज स्थापना गर्न झकझकाउने खालको भएको बताए ।

सम्बन्धित समाचार