रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी



१, जेठ, रसुवा, । रसुवाको २७ वडामध्ये दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् ।

उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी हुनुभएको छ । उहाँले दुई सय ७१ मत ल्याउनु भएको छ ।

दलित सदस्यमा दुई सय २६ मतका साथ ज्ञानु विक, खुल्ला सदस्यमा दुई ३४ मतका साथ पुर्णबहादुर घले र दुई सय ३३ मतका साथ बम बहादुर तामाङ एमालेका तर्फबाट विजयी भएका छन् ।

पार्वतीकुण्ड गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी हुनुभएको छ । उहाँले एक सय ४६ मत ल्याउनु भएको छ ।

महिला सदस्यमा एक सय ६२ मतका साथसोनाम तामाङ, खुल्ला सदस्यमा एक सय ६७ मतका साथ दोर्जे तामाङ र एक सय ५९ मतका साथ निमा दोर्जे तामाङले एमालेका तर्फबाट विजयी भएका छन् ।

सम्बन्धित समाचार