भक्तपुरका दुई नगरपालिकामा मतगणना सुरु, चाँगुनारायणमा विवाद



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि यी दुई नगरपालिकामा मतगणना भइरहेको हो ।

भक्तपुर नगरपालिकामा पनि मतगणनाको तयारी भएको छ । यस्तै चाँगुनारयण नगरपालिकामा भने मतगणनामा विवाद भएको छ । मादल चिन्ह नभएको मत पत्र वितरण गरेको भन्दै नेपाल मजदुर किसान पार्टी नेमकिपाले विरोध गरेपछि त्यहाँ गणना हुन नसकेको हो ।
नेमकिपाले आफ्नो चुनाव चिन्ह नभएको मतपत्र वितरण गरेको र त्यसमा २२ मत परेकाले बदर गर्न माग गर्दै गणना हुन दिएको छैन ।

तर अरु राजनीतिक पार्टीले भने परेको मत बदर गर्न नहुने भन्दै अडान लिएका छन् । यस विषयमा बिहानभर छलफल भए पनि अझै टुंगो लागेको छैन । विवाद मिलाउन अहिले पनि छलफल भइरहेको छ ।

सम्बन्धित समाचार