पर्वतको पैंयूँ गाउँपालिकामा काँग्रेसका तिवारी बिजयी



स्थानीय तहको निर्वाचन अन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसका नेता खगेन्द्र तिवारी अध्यक्षमा बिजयी हुनुभएको छ ।

हिजो राती अबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले नौ सय ७७ मतले बिजयी हुनुभएको हो । तिवारीले तीन हजार चार सय ३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार चार सय ५४ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबार बिहान देखि सुरु भएको मतगणनामा सात वटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो । पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ बिजयी हुनुभयो । उहाँले तीन हजार एक सय ८४ मत पाउँदा एमालेकी गोमता शर्माले दुई हजार चार सय ३१ मत प्राप्त गर्नुभएको छ ।

पैंयूँ गाउँपालिकामा नौ हजार आठ सय नौ मतदाता रहेकोमा छ हजार आठ सय २४ मत खसेको थियो । त्यस्तै उक्त गाउँपालिकाको वडा नं। १, २, ६ र ७ मा काँग्रेस, तथा ३ र ४ मा एमाले बिनयी भएको छ भने ५ नम्बर वडामा माओबादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार