मतदानमा मधेसी समुदाय अगाडि



असार १५, २०७४– मोरङ– प्रदेश १ का १ सय ३७ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको छ । यस प्रदेशका एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका मा ७१.५८ प्रतिशत मत खसेको छ । निर्वाचनमा मधेसी मतदाताको सहभागिता अझ उत्साहजनक देखिएको छ । २६ लाख ८५ हजार १ सय ८७ मतदातामध्ये १९ लाख २२ हजार २ सय ४१ ले मताधिकार प्रयोग गरे ।

चुनावको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आहवान गरेको बन्द र विप्लव नेतृत्वको माओवादीले सुरक्षा बिथोल्ने प्रयास गरे पनि १४ वटै जिल्लामा शान्तिपूर्ण मतदान भयो । चर्को घाम र कतै भारी वर्षाको अवरोधबीच पनि मतदाताको सहभागिता उल्लेख्य रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयहरूले कान्तिपुरलाई जनाए ।

सम्बन्धित समाचार