वडा स्तरिय बालक्लब पुनःगठन सुरु



झापा । जिल्लाको कनकाई नगरपालीकाका विभिन्न वडाहरूमा वडा स्तरिय बालक्लब पुनःगठन गरिएको छ । कनकाई नगर बाल सञ्जालको अगुवाईमा गत साउन १३ गतेबाट उक्त कार्यको थालनी गरिएको हो । नगरलाई बालमैत्रि बनाउन बालबालीकाहरूको भुमिका पनि उतिकै महत्वपूर्ण रहने हुदा बाल क्लब पुनःगठन आवश्यक रहेको हो ।

बाल क्लब पुनःगठन गर्ने क्रममा कनकाई नगरपालीकाको वडा नं. १ मा सपना सुवेदी, २ मालुना भण्डारी र ३ मा दिवस कार्की अध्यक्ष पदमा चयन भएका छन्¬ । त्यसै गरी वडा नं. ४ मापुनम बस्नेत, ५ मानारायण गौतम ‘नवीन’ र ६ मा सारीकागिरिको अध्यक्षतामा बालक्लब पुनःगठन गरिएको हो । अन्य ३ वडामा भने यसै हप्ताको अन्त्यमा पुनःगठन गरिने बताईएको छ ।

सम्पूर्ण वडाहरूको पुनःगठन पश्चात ११ सदस्यिकनकाई नगर बाल सञ्जाल समिति समेत पुनःगठन गरिने नगर बाल सञ्जालका वर्तमान अध्यक्ष नारायण गौतम ‘नवीन’ ले बताए ।

राष्ट्र निर्माणको लागि बालबालिकाहरुको समेत भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरुको शारीरिक, सामाजिक, संवेगात्मक र बौद्धिक विकास गर्दै बालबालिकाहरुको हकहित एवं बाल अधिकारको विषयमा जनचेतना जगाई सामाजिक, सांस्कृतिक, शैक्षिक एवं अन्य सम्बद्ध क्षेत्रमा समेत बाल सहभागिता जुटाउन र बाल विकासका साथै बाल संरक्षणको पहल गर्न वाञ्छनीय ठान्दै ८ वर्षदेखि माथि १८ वर्ष ननाघेका बालबालिकाहरुको संगठन नै बाल क्लब हो ।

बालबालिका भोलिका कर्णधार मात्र नभई वर्तामान साझेदार पनि भएकोले आज बालबालिका सम्बन्धी निर्णय हुने ठाउँमा बालबालिकाको आफ्नै सहभागीता हुनपर्ने जस्ता कुरालाई नेपालको संविधान लगायत ऐन कानुनमा उल्लेख भएको अवस्थामा बाल क्लब मार्फत प्रतिनिधीत्व गर्ने वातावरण सृजना गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार