तरकारीमा रसायनिक विषादी भेटिए कारवाही



झापा, माघ ६ – झापाको विर्तामोडमा स्थापित विषादी मापन प्रयोगशाला सञ्चालनको कार्यविधि तयार भएको छ । कार्यविधिमा तरकारीमा रसायनिक विषादी भेटिए बजार समितिले प्रशासनको सहयोग लिएर कारवाही अगाडि बढाउन अनुमति दिएको विर्तामोड नगरपालिकामा कार्यरत बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिनुभयो ।

गत जेठ महिनादेखि झापाको विर्तामोडस्थित कृषि उपज बजारमा तरकारीमा रसायनिक विषादी मापन गर्ने प्रयोगशाला राखेपनि कार्यविधि नभएपछि कृषि उपज बजारमा बिक्रीका लागि राखिएका सागसब्जिमा विषादी भेटिएमा कसलाई के कारवाही गर्ने भन्ने अन्यौले थियो ।

तर कार्यबिधि तयार भएपछि अब तरकारीमा रसायनिक विषादी अत्याधिक प्रयोग भएको भेटिए बजार समितिले प्रशासनको सहयोग लिएर कारवाही अगाडि बढाउने कार्यविधिमा उल्लेख छ । प्रदेश नम्बर १ का लागि भनेर स्थापना गरिएको यो प्रयोगशाला गत जेठ २६ गतेदेखि सञ्चालनमा आएको हो ।

सम्बन्धित समाचार