५ दिनको ‘लिभिङ टुगेदर’ पछि ब्वाइफ्रेण्ड प्रहरी खोरमा



काठमाडौं, माघ २३ गते । रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी शैली (नाम परिवर्तन) एउटै कम्पनीमा काम गर्थें । सम्बन्ध निकट हुँदै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थाले ।

सम्बन्ध यति नजिकिएको थियो कि उनीहरु एकअर्कालाई छोड्न नसक्ने बताउँथे । अन्तरजातीय सम्बन्ध भएका कारण उनीहरुको सम्बन्धलाई परिवारले नमान्ने डर दुवैलाई थियो । साताअघि ती युवतीलाई विवाह गर्ने भन्दै अशोकले सुन्धाराको होटल एसियनमा बोलाए ।

त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे । ५ दिनपछि अशोक एकाएक सम्पर्कबिहीन हुँदा युवती छाँगाबाट खसेझैं भइन् ।

लगत्तै, उनी महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् । र, गत शनिबार प्रेमी भनिएका अशोक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने बताएका छन् ।

सम्बन्धित समाचार