ऋषि धमलाले हिन्दीमा गरेको रिपोटिङ भाईरल बनेपछि पत्नी एलिजाको यस्तो प्रतिकृया



सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले त्यसको कडा प्रतिवाद गरेकी छिन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै एलिजाले सबैले सामाजिक संजालमा टाईमपास गर्नको लागि राम्रो मेलो पाएको प्रतिक्रिया दिएकी छन् ।  स्टाटसमा एलिजा यस्तो लेखेकी छिन्ः


सोमबार भएको युएस बाङ्ला बिमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन् । जहाँ टेलिभिजनबाट संचारकर्मीले भने धमलालाई अंग्रेजीमा प्रश्न सोधेका थिए । अंग्रेजी भाषाको सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक संजालमा धमलाको ट्रोलहरु बन्नुको साथै आलोचना पनि भईरहेको छ ।

धमला पत्नी एलिजा अहिले चलचित्र ‘अनुराग’मार्फत रजतपटमा डेब्यु गर्दै छिन् । उनको चलचित्रको दुई ओटा गीतहरु सार्वजनिक भईसकेका छन् ।

सम्बन्धित समाचार