फोनमा कुरा गर्दा गर्दै अमेरिकामा नेपाली युवाले गरे आत्महत्या



क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् ।

सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नु अघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए ।

परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने ।

तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएको अरु बेला पनि उनी आत्महत्या गर्नेबारे कुरा गरिरहने गरेको ती साथीबाट खुल्न आएको छ ।

सम्बन्धित समाचार