कहाँ पुग्यो अरुण तेश्रोको निर्माण ? (भिडियो सहित)




संखुवासभा । अरुण तेश्रोको निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको निर्माण पक्षले जनाएको छ । हालै अरुण तेश्रोको कार्यालय तुम्लिङटारमा आयोजित पत्रकार सम्मेलनमा सतलज जलविद्युत निगमले दावी गरेको हो ।

हाल पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्रमा धमाधम काम भईरहेको निर्माण पक्षले जनाएको छ । कुनै अवरोध नभए निर्धारित समयसम्ममा योजना निर्माणको कार्य सम्पन्न हुने उनीहरुको दावी छ ।

तर यहाँका केही स्थानीय नागरिकहरुको भने अरुण तेश्रोसँग गुनासो छ । पिडिएमा सम्झौता भएअनुसार स्थानीय जनशक्ति प्रयोग नगरिएको स्थानीयको दुखेसो छ । हाल निर्माण भईरहेको दुवै क्षेत्रमा केही पश्चिम नेपालको र केही भारतका कामदारहरु ल्याईएको उनीहरुको भनाई छ । यसरी पिडिएमा भएको ब्यवस्थाको कार्यन्वयन नभई नै १५ प्रतिशत काम सम्पन्न हुनु सम्झौता विपरित भएको सरोकारवालाहरु बताउछन् ।

अरुण तेश्रो निर्माण सम्बन्धी तयार पारिएको भिडियो यहाँ प्रस्तुत गरिउको छ ।

https://www.youtube.com/watch?v=tny3dcgqpAI&t=105s

सम्बन्धित समाचार