भोली देखि चैनपुर मेयर गोल्ड कप



संखुवासभा । जिल्लाको चैनपुर नगरपालिकाको आयोजनामा मेयर गोल्डकप पुरुष फुटबल प्रतियोगितामा १३ टिमको सहभागित हुने भएको छ । भोली देखि संचालन हुने प्रतियोगितामा प्रदेश नम्वर १ का ९ जिल्लाका १३ वटा टिमले सहभागिता जनाउने मेयर भरतकुमार खत्रीले जानकारी दिए । भोली खाँदबारी र धनकुटा विच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा संखुवासभाका ५ नगरपालीकाहरु, सुनसरीको दुहवी नगरपालिका, उदयपुरको कटहरी नगरपालिका, झापाको शिवसतासी नगरपालिका, मोरङ्गको उर्लावारी नगरपालिका, तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका, इलामको सूर्योदय नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र धनकुटाको धनकुटा नगरपालिका खेलमा सहभागी हुने छन । प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ र सेमिफाइनलमा पराजित दुवै टिमले जनही १ लाख ११ हजार १ सय ११ रुपैंया प्राप्त गर्ने छन् । प्रतियोगिता चैत्र २९ गते सम्म सञ्चालन हुने छ ।

सम्बन्धित समाचार