भोजपुरमा ज्यान मारेको अभियोगमा दुई जनालाई कारागार चलान



भोजपुर । जिल्ला अदालत भोजपुरले ज्यान मारेको अभियोगमा दुई जनालाई कारागार चलान गरेको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत भोजपुरका डिठ्ठा सन्तोष आले मगरले जानकारी दिए ।

उनीहरु माथी खोटाङको केपीलाशगढि गाउँपालिका वडा नम्बर १ फेदिकी ४८ वर्षीय भइमाया राई (गुरुङ)को हत्या गरेको अभियोग छ । मृतक राई गत साउन ८ गते आन्तरिक व्यवहार मिलाउनका लागि भनेर साथमा पैसा समेत बोकेर छिनामखुको बाक्सुरी स्थित हर्कराज राईको

घरमा जान्छु भनी हिडेकीकोमा गत साउन १२ गते धोद्रे जंगलमा हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधिस खीलनाथ रेग्मीको आदेशमा बुधवारबाट पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

सम्बन्धित समाचार