गर्भवती तथा सुत्केरी अवस्थामा पौष्टिक आहार र स्याहार सम्वन्धी परामर्श तथा पोषण एंव सरसफाई कार्यक्रम शुरु



भोजपुर,।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्नपूर्णमा गर्भवती तथा सुत्केरी अवस्थामा पौष्टिक आहार र स्याहार सम्वन्धी परामर्श तथा पोषण एंव सरसफाई सामग्री वितरण कार्यक्रम शुरु भएको छ । वडा कार्यालयबाट विनियोजन गरिएको एक लाखबाट सञ्चालन गरिएको कार्यक्रम यस आर्थिक वर्षभरि सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

वडा अन्तर्गतका क्षेत्रमा मातृ मृत्युदर र नव जात शिशु मृत्युदरलाई घटाउन कार्यक्रमको थालनी गरिएको वडा अध्यक्ष पूर्ण प्रसाद राईले जानकारी दिए। साथै उनले यस कार्यक्रमले आमा र वच्चाको पोषणमा सुधार ल्याउने समेत बताए । “पोषण तथा सरसफाई सामग्री गर्भवती र सुत्केरी महिलाको हातमा, आमा र बच्चाको स्वास्थयको लागी हाम्रो शुभकामना“ भन्ने मुल नाराका साथ आजबाट अन्नपूर्ण स्वास्थ्य चौकी देखि कार्यक्रमको शुभारम्भ गरिएको छ ।

कार्यक्रम मार्फत ३ जना सुत्केरी र १० जना गर्भवती महिलालाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत दिपक खड्काले जानकारी दिए । सुत्केरी तथा गर्भवती महिलाहरुलाई अण्डा, गेडागुडी, नैनी, वेवी व्लाङकेट, न्यापकिन सेट, वेवी पाउडर लगाएत गरि एक जनालाई १५ सय वराबरको साग्रमी वितरण भएको र आगामी दिनमा पनि सोहि अनुसार वितरण हुने स्वाथ्य चौकीले जनाएको छ ।

स्वस्थ्य चौकी प्रमुख डिमा शेर्पाले नियमित रुपमा चार पटक गर्भजाँच गराउन आउने र स्वास्थ्य सस्थामा प्रसुती हुन आउने महिलाले मात्र सो सुविधा पाउने जानकारी दिइन् । वडा अध्यक्ष्य पूर्ण प्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश कुमार शाह रहनु भएको थियो ।

सम्बन्धित समाचार