बिरामी सवार एम्बुलेन्स पल्टिँदा एकजनाको मृत्यु तीनजना घाइते



काठमाडौं । बिरामी सवार एम्बुलेन्स पल्टिँदा महोत्तरीमा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ महोत्तरीको बर्दिबास–३ मा बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० वर्षे तारा बादी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले बताएका छन् ।दुर्घटनामा बर्दिबासकै एम्बुलेन्स चालक ३२ वर्षे चित्रबहादुर बुढाथोकी, मृतकका छोरा १८ वर्षे उवेश बादी तथा २१ वर्षकी छोरी गंगा बादी घाइते भएका छन् ।

सम्बन्धित समाचार