पत्रकारलाई एक बोतल बियरको ८० लाख रुपैयाँ बराबरको बिल थमाए



सायद यो दुनियाँकै सबैभन्दा महँगो बियर बन्यो होला । नबनोस् पनि किन एक बोतलकै ५५ हजार पाउण्ड अर्थात् ८० लाख रुपैयाँभन्दा बढी मूल्य जो परेको छ ।

हो, बेलायतको म्यानचेस्टरमा हालै एउटा अनौठो घटना भएको छ । त्यहाँको एउटा होटलले एकजना खेल पत्रकारलाई एक बोतल बियर पिएबापत झण्डै ८० लाख रुपैयाँ बराबरको बिल थमाएको छ ।

अस्ट्रेलियाका खेल पत्रकार पिटर लालोरले एउटा बियर पिएबापत ५५ हजार पाउण्ड रकम तिर्नु परेपछि आफुले विश्व इतिहासमै सबैभन्दा महँगो बियर आफूले पिएँ भन्ने उनलाई लागेको छ ।

एसेस टेष्ट क्रिकेट श्रृंखलाको समाचार संकलनका लागि बेलायत पुगेका थिए पिटर लालोर । म्यानचेष्टरस्थित मालमेसन होटलमा उनी बसेका थिए । उक्त होटलमा उनले आफ्ना साथीहरुसँगै एउटा बियर अर्डर गरे । उक्त बियरको अंकित मूल्य साडे ५ पाउण्ड थियो ।

तर अन्तिममा बिल तिर्दाचाहिँ उनले ५५ हजार पाउण्ड रकम गरे । उनले कार्डमार्फत मेसिनमा रकम भुक्तानी गरे । मेसिन बिग्रेकाले तत्कालै बिल ननिस्किएपछि उनले अहिले बिल चाहिएन भनेर वेटरलाई पठाए । तर जाँदाजाँदै उनले ‘मैले कति रकम तिरे ?’ भनेर सोधेछन् । जब वेटरले मेसिनबाट बिल निकालेर हेरिन् तब उनी अत्तालिँदै हातले मुख थुनिन् । रकम बारे केही बोलिनन् । गल्ती भएको छ, छिटै सच्याउछौँ मात्र भनिन् ।

उनको खाताबाट थुप्रो रकम कट्टी भएको थाहा भए पनि ठ्याक्कै कति रकम काटियो भन्नेचाहिँ मेसिन बिग्रिएका कारण पत्तो लगाउन सकिएको थिएन । तर लालोरका परिवारले घरबाटै बैंक खाता चेक गर्दा मात्रै उनको खाताबाट ५५ हजार ३ सय पाउण्ड कट्टी भएको थाहा भयो । त्यसमा थप १३ सय ८० पाउण्ड भुक्तानी शुल्क ।

यस्तो गम्भीर त्रुटी भएसँगै पिटर तत्कालै बिल लिएर होटल व्यवस्थापक कहाँ पुगे । उनलाई बढी भुक्तान भएको रकम छिटै नै बैंक खातामा फिर्ता दिने आश्वासन दिइयो । होटलले आफूसँग माफी मागेको र सहयोगी व्यवहार देखाएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

स्मरण रहोस् यसअघि बलिउड अभिनेता राहुल बोसलाई एउटा होटलमा दुईवटा केराको ४१३ भारु मूल्य असूलेको समाचारले निकै चर्चा कमाएको थियो । पछि उक्त होटललाई कारवाही समेत भएको थियो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..