संखुवासभाको तुम्लिङटार विमानस्थल वरपर ६ जना डेंगुका विरामी भेटिए, डेंगुका विरामी संख्या १० पुगे



संखुवासभाको तुम्लिङटार विमानस्थल वरपरमात्रै ६ जना डेंगुका विरामी भेटिएका छन् । सदरमुकाम खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा डेंगु देखा परेको थियो । यो सहित डेंगुका विरामी १० पुगेको छ । जिल्ला स्वास्थ्य कर्यालयका प्रमुख रमेश बाह्रकोटीका अनुसार तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको थियो । त्यसको एकसातामा ६ जनामा डेंगु देखिएको हो । खाँदबाी र चैनपुरमा बिरामी नबढेपनि तुम्लिङटारमा भने एकसातामा ६ जनामा डेंगु देखिएको हो । जिल्ला अस्पतालका निमित्त प्रमुख डा लक्ष्मण खड्काका अनुसार केही समयअघि जिल्ला अस्पतालमा चेकजा“च गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाईएको थियो । नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको खड्काले बताए ।
जिल्ला स्वास्थ्यले डेंगु नियन्त्रणका लागि काम सुरु गरिसकेको जनाएको छ । उसले तुम्लिङटारमा जनचेतनाका कार्यक्रम र प्रचारप्रसार सुरु गरेको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..