डेंगु उपचार खर्च अभाव भएका एक वालकलाई संखुवासभा अस्पतालका कर्मचारीद्धारा सहयोग संकलन



डेंगु लागेर उपचार खर्च अभाव भएका संखुवासभा मकालु गाउँपालिका ३ हेदांनाका एक वालकलाई जिल्ला अस्पतालका कर्मचारीले उपचार खर्च जुटाईदिएको छ । जिल्ला अस्पतालमा उपचार नभएपछि रिफर भएका १० बर्षीय शंकर राईलाई अस्पतालका चिकित्सक लगायतका कर्मचारीले रकम उठाएर उपचारका लागि ५ हजार ७ सय ९७ रुपैयाँ सहयोग गरेका हुन् ।

अस्पतालबाट रिफर भएपछि डेंगु लागेका शंकरको जिल्ला बाहिर लगेर उपचार गर्नसक्ने अवश्था नदेखिएपछि अन्तरंग विभागका प्रमुख सुजता पौडेलको नेतृत्वमा कर्मचारीले रकम संकलन गरेर खर्च जुटाई दिएको हो । उक्त रकम शंकरका बुबा लक्ष्मण राईलाई हस्तान्तरण गरिएको ल्याव टेक्निसियन विजयकिसान दाहालले बताए ।

सम्बन्धित समाचार